यो गढी भोजपुर जिल्ला, हतुवागढी गाउँपालिका वडा न. १ मा अवस्थित छ ।

भग्नावशेषको रुपमा रहेको हतुवागढीलाई हाल चारैतर्फ ढुंगाको पर्खाल लगाईएको छ । वरिपरीकोे पर्खालको लम्बाई८८ फिट, चौडाई ८२ फिट र उचाई न्युनतम १३ ईन्च र अधिकतम ६ फिटसम्म रहेको छ ।

हितुवा राज्यका राजा सुनाहाब राईका फौज र गोर्खाली फौजसँग २ पटक लडाई भएको बुझिन्छ । तर यसको निर्माण कसले गराएको भन्ने यकिन विवरण कतै उल्लेख भएको पाइदैन ।

यो गढी माझ किराँतको राजधानीको रुपमा रहेको थियो भन्ने इतिहास छ । एकीकरणको क्रममा काजी अभिमानसिंह बस्न्यातको कमाण्डमा रहेका गोर्खाली फौजले वि.सं.१८२९ भाद्र १३ गते उक्त गढीमाथि हमला गरी विजय प्राप्त गरेका थिए ।

गढी करिब ३०० वर्ष पुरानो रहेको बुझिन्छ ।

गढीमाथि विजय भए पश्चात पूर्वतर्फको विजय अभियानमा यस गढी फौज तैनाथी, बन्दोबस्ती लगायतका कार्यमा प्रयोग भएको बुझिन्छ ।

बि.सं. १८२९भाद्र १३ गते बिजय हासिल गरेपछि रणबहादुर शाहको नायबी शासनको समयमा वि.सं. १८२४ मा काजी अटलसिंह राईको फौजले हतुवागढीमा पुनः आक्रमणको प्रयास गरेतापनि विफल भएको बुझिन्छ ।

 

प्रतिक्रिया