इतिहास कालदेखि नै दहचोक डाँडा उच्च स्थल र सैनिक एवं सामरिक दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ ।

गोर्खाली फौजको नेपाल एकीकरण अभियानमा नुवाकोट किल्लापछि यस गढीको निर्माण भएको हो ।

यस गढीबाट काजी कालु पाँडेको नेतृत्वमा प्रथम सैनिक अभियान अन्तर्गत कीर्तिपुरमाथि हमला गरिएको थियो । राजा पृथ्वीनारायण शाह यही स्थानमा बसेर विभिन्न युद्ध सञ्चालन गरेका थिए ।

यही स्थानबाट पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी, मकवानपुर राज्य, सिन्धुली, तीमाल, कीर्तिपुर र अन्ततः कान्तिपुरसमेत विजय गरेपछि मात्र उनी यहाँँबाट हनुमानढोका दरबार सरेका थिए ।

 

 

प्रतिक्रिया