गोर्खा जिल्ला, पालुङटार गाउँपालिका वडा नं. २ चेपे नदीको पूर्वी डाँडाको ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित छ यो गढी।

पुराना दरबारको भग्नावशेषसहित लिगलिग कोट अग्लो चुट्टी, वरीपरी हराभरा जंगलको बीचमा रहेको यस गढीको वास्तविक स्वरुप हराइसकेकोछ ।

वि.सं. १६१५ अगाडि उक्त ईलाकामा घले मगरले राज्य गर्दथे त्यहाँँ प्रत्येक बर्ष बडा दशैंको बिजया दशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । लमजुङको रागीनास (राईनास) कोटमा क्षेत्रीय प्रशासकका रुपमा रहेका राजकुमार द्रव्य शाह लिगलिग कोटको राजा भएपछि राजा द्रव्य शाहले लमजुङमा रहेका पुरानो कोटलाई तुर्लुङकोट जस्तै किल्ला बनाई किल्ला दरबारसमेत बनाउन लगाएका थिए ।

नेपाल एकीकरणको जननी नै लिगलिग कोट भएकाले इतिहासमा यसको ठूलोे महत्व रहेको छ । राजा द्रव्य शाहले लिगलिग कोट खडा गरेको सैन्य बल नै आजको नेपाली सेनाको निरन्तरता हो ।

प्रतिक्रिया