कला र रहरले मानिसलाई कहाँसम्म पुर्याउँछ भन्ने राम्रो उदाहरण हुन् राजु पाण्डे । ललितकलामा रुचि बढ्दै गएपछि ट्याटु आर्टिस्ट बन्न पुगेका राजु बुटवलबाट भारतको फिल्मी नगरी बम्बईमा पनि दरिलोसँग जम्न सकेका छन् ।

२६ वर्षको यात्रामा उनले ६६ हजार भन्दा धेरै ट्याटुहरु बनाइसकेका छन् । मलेसियामा बसेर उनले ट्याटु कलामा अझ निखार ल्याउन सके । अहिले काठमाण्डौंको ठमेलमा उनले 7R Tattooz स्टुडियो बनाएका छन् । वर्षमा ६ महिना भन्दा धेरै विदेशमा बिताउँछन् ।

हेरौं उनको २६ वर्षे ट्याटु यात्रा उनैको शब्दमा ।

 

प्रतिक्रिया