सिन्धुली जिल्ला, हरिहरपुर गाउँपालिकाको हरिहरपुरमा यो गढी रहेको हरिहरपुर गढी वहुभुजाकार बलियो दुर्गको रुपमा रहेको छ । गढीको निर्माण मिलाएर काटिएका घनाकार ढुंगाबाट भएको छ ।

यस गढीको निर्माण सम्बन्धमा दुइ मत छन् । पहिलो मतअनुसार ण वि.सं.१३५० तिर यसको निर्माण सिम्रौनगढका अन्तिम राजा हरिहरसिंह देवले गरेका हुन् । दोश्रो मतअनुसार वि.सं.१६४० तिर मकवानपुरका राजा हरिहर सेनले निर्माण गराएका हुन ।

जयप्रकाश मल्लको सहयोगको लागि आएको ब्रिटिस ईष्ट ईण्डिया कम्पनीको फौजलाई गोर्खाली फौज नायक रामकृष्ण कुँवरको नेतृत्वको फौजले काठमाण्डौ छिर्न नदिएर नेपालको एकीकरण अभियानको निरन्तरता र सार्वभौमसत्ता जोगाउन महत्वपूर्ण योगदान पुर्याएको थियो ।

गोर्खाली युवराज पृथ्वीनारायण शाहले हरिहरपुरगढी दरवारमा भएको आतिथ्यतामा अपमान वोध गरी बदला लिने प्रण गरी गोर्खा फिर्ती हुँदा बाटामा पर्ने चन्द्रागिरीबाट उपत्यकाका तीन शहर देखेर यी उपर स्वामित्व लिने महत्वकांक्षा बढेको थियो ।

त्यसैले नेपाल एकीकरणको इच्छा जागृत गराउन हरिहरपुर गढीका पनि योगदान रहेको छ । वि.सं. १८७१ मा भएको नेपाल अंग्रेज युद्धमा काजी बख्तावरसिंह थापाको नेतृत्वमा खटिएको फौजले अंग्रेज फौजसँग मकवानपुर गढी–हरिहरपुरगढी क्षेत्र र अमलेखगञ्ज–हर्नामाडी हुँदै मकवानपुरतर्फ बढेको टोलीसँग लडाई गरेको थियो । यो गढीमा पटक पटक नेपाल र अंग्रेजबीच युद्ध भएको थियो ।

hariharpur gadi_CSK_1286

hariharpur gadi_CSK_1268hariharpur gadi_CSK_1269CSK_1284hariharpur gadi_CSK_1286hariharpur gadi_CSK_1294hariharpur gadi_CSK_1307hariharpur gadi_CSK_1315hariharpur gadi_CSK_1317hariharpur gadi_DJI_0113DJI_0134hariharpur gadi_DJI_0152

 

प्रतिक्रिया