मुनि

bhagawat khanalबत्तिस घण्टा अविरल बर्सेर पानी थामियो । मुकुल सेठ छतमा गएर बसे । आकाश सफा थियो । उनी छतमा बस्दाबस्दै शारदीय  पूर्णचन्द्रको उदय भयो । स्वच्छ र सफा अनन्त आकाशमा ताराहरु चम्किन थाले । मुकुल सेठ आकाशतर्फ हेर्दै आहा आहा! गरिरहेका थिए । बिचबिचमा उनी दाहिने हात लामो पारेर चन्द्रमालाई छोएको अनुभव गर्थे । पूर्णचन्द्र हाँसिरह्यो, मुकुल सेठ पनि हाँसिरहे । यस्तैमा तल बाह्र फुटे शान्त सडकबाट कसैले बोलायो, ‘मुकुल काका  ! हेलो काका !’  मुकुल सेठले तल हेर्दै सोधे, ‘को बोल्नुभएको ? मैले त चिनिन ।’  ‘म पत्रकार सूत्रधार निमवाला ! चिन्नुभएन ?’  सूत्रधारलाई जुत्ताको तुना खुस्केको होसै थिएन ।  दाहिने जुत्ताको फुस्केको तुना बायाँ जुत्ताले टेक्दा अल्झेर घोद्राक घोद्राक आवाज आइरहेको थियो । मुकुल सेठले उठेर भने,’ये चिने चिने ! निमवाला भतिजलाई किन नचिन्नू ? आहिस्ता आहिस्ता जानुहोस् ।’ उनले मनमनै सोचे, ‘भतिजोले आज फेरि धेरै नै तन्काएछ ।’ 

सूत्रधार मुकुल सेठको गेट अगाडि उभिइरहेको थियो । ‘कृपया ढोका खोल्नुहोस् काका ! एउटा प्रश्न सोध्नुछ ।’  सेठले घडी हेरे । दस बजिसकेछ । उनले सोचे, ‘कहिलेकाहीँ मदिराको नशामा मनुष्य सत्यको नजिक हुन्छ । निमवालाको मनमा आज जुन प्रश्न छ, त्यो भोलि नरहन सक्छ । अहिले मद्यपानको नशामा सत्यको नजिक रहेको मान्छे भोलि बिहान सभ्यताको नशामा टाढा पुग्यो भने ?’ उनले अलि ठूलो आवाजमा भने ‘पर्खनुहोस् ! म ढोका खोल्न आउँदै छु ।’

निमवाला आएर सोफामा बस्यो । मुकुल सेठले यसो नियालेर हेरे उसलाई । छ्यास्स दाह्री पालेको, निधारमा स्पष्ट देखिने पारावार दुई धर्काले उसको कमजोर स्वास्थ्य र ढल्दो जवानीको गवाही दिइरहेका थिए । कतिपय दिनदेखि कोर्न बिर्सेको कपाल लट्टा परेको  देखिन्थ्यो । थोत्रो कालो झोला उसको दर्दनाक पत्रकारिताको अटल साक्षी लाग्थ्यो । मोजा गन्हाइरहेको थियो । मुकुल सेठले सुस्तरी भनेका थिए, ‘निमवाला भतिज ! रिसाउनुहुन्न भने एक कुरा भन्छु है !’ निमवाला आधा मुख खोलेर र बायाँ आँखो आधा बन्द गरेर मुकुल सेठतर्फ हेरिरहेको थियो । ‘तपाईं नि निमवाला बाबु ! तपाईं दार्शनिक जस्तो देखिनुभएको छ ।’

तपाईंको मन उपवनको सौन्दर्यमा मस्त मगन हुँदै गयो । जति पर पुग्यो त्यति नै रमणीय । तपाईं यसरी मुग्ध हुनुभयो कि घर, परिवार र सन्तानको पनि हेक्का रहेन । सुन्दरतामा आकण्ठ डुब्ने अभिलाषामा तपाईंका पाइलाहरू अविरल अघि बढिरहे । फेरि उपवन सकिएर वन सुरु भयो । वनमा शीतल हावा चलिरहेको थियो । चराहरूको सुरम्य कलरब र जलप्रवाहको कलकल आवाजले तपाईंको चित्त  प्रसन्न हुँदै गयो । तपाईं अरु शीतलता र रमणीयताको खोजीमा अघि बढिरहनुभयो ।

निमवाला - काका पनि दिल्लगी गर्नुहुन्छ यार ! म केको दार्शनिक जस्तो हुनु नि । बरु तपाईं पो दार्शनिक । रातिसम्म  एक्लै छतमा बसेर आहा आहा ! भन्दै कोसँग कुरा गरेको ? अनि लामो हात पसारेर कसलाई छामेको ?

मुकुल सेठ - यही प्रश्न गर्न आउनुभएको ?

निमवाला - होइन । यो त एउटा पूरक प्रश्न मात्र हो । मूल प्रश्न त अर्को छ ।

मुकुल सेठ -  छतमा बसेर टाढा क्षितिजतिर आँखा लगाउँदा जुन आनन्द आउँछ, अरु कुरामा कहाँ पाउनु । रातको नीरवतामा, चन्द्रमाको मन्द शीतल प्रकाशमा टाढाटाढासम्म हेर्दा लाग्दछ, ब्रह्माण्डको लीला अवलोकन गर्दैछु । म लामो  हातले तारा छुन खोज्छु । मलाई थाहा छ, तारा अनन्त दूरीमा छ । परन्तु मलाई माझी औंलाको टुप्पोले तारा छोएको भान हुन्छ । त्यो तारा पनि एक्लो छ म जस्तै । उसले मलाई हेर्छ, म उसलाई हेर्छु । महसुस हुन्छ, यो मुकुल र त्यो तारा अनन्त अतीतदेखिका अनन्य मित्र हौं । अनि मनमनै सोच्दछु, जब त्यो तारा पनि एक्लै चम्किन सक्छ भने म किन नसक्ने । घोर निशाको सन्नाटामा टाढा कतै तारा झरेको देख्छु । फेरि सोच्दछु कि जसरी त्यो तारा झर्ने बेलासम्म चम्किलो रह्यो, त्यसै गरी म पनि चम्किरहनुपर्छ । सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । रोएर या हाँसेर, अथवा नरोएर या नहाँसेर । मुकुल सेठले सानो थर्मस खोलेर गिलासमा तातो पानी झार्दै सोधे, ‘पानी खानुहुन्छ पत्रकार बाबु ?’

निमवाला र मुकुल सेठले सुरुप सुरुप गर्दै तातो पानी खान थाले । मुकुल सेठले सेतो कमिजको बाहिर कलेजी रङ्गको स्विटर र सेतै सुरुवाल लगाएका थिए । पातलो र गहुँगोरो शरीर बलिष्ठ नभए तापनि उनी तरोताजा थिए । सेतो लामो कपालले व्यक्तित्वलाई निखारेको भान हुन्थ्यो । सेठले एक फ्वाँक  भुटेको ज्वानो मुखमा हालेर चपाउँदै भने, ‘ल अब मूल प्रश्न पनि सोध्नुहोस् ।’

निमवाला उठेर पिसाब गर्न गयो । उसको चालबाट सहजै थाहा पाउन सकिन्थ्यो कि नशा उत्रिसकेको छैन । ऊ भरसक संयत हुन खोज्दै आयो र पूर्ववत् बसेर मुकुल सेठतिर हेर्न थाल्यो । ‘हेर्नुहोस् काका ! आजसम्म मैले दर्जनौं मानिसहरूसँग अन्तर्वार्ता लिंदै सोधेको प्रश्न हो यो । प्रोफेसरहरू, नेताहरू, कविहरू, पुराण वाचकहरू, पूर्व प्रशासकहरू र यहाँसम्म कि अघोरीहरूलाई पनि मैले यो प्रश्न सोधेको छु । परन्तु कसैबाट पनि चित्तबुझ्दो उत्तर पाउन सकिन । आज अचानक मन तरङ्गित भएर आयो । अब यो प्रश्न मैले कुनै असाधारण मानिससँग सोध्नुपर्छ । कसलाई सोधूं भनेर सोच्दै थिएँ, तपाईंलाई छतमा बसिरहेको देखें I  अनि सहसा मनमा आयो, यसरी रातको दस बजेको समयमा बाहिर बसेर एउटा हातले  ब्रह्माण्ड नाप्ने मानिस अवश्य पनि असाधारण हुनुपर्छ । आज यिनै काकालाई सोध्छु ।’

मुकुल सेठले चपाइरहेको ज्वानो तातो पानीसँगै निले । ‘मजाक गर्नुहुन्छ सूत्रधार बाबु पनि । कहाँको राजा भोज कहाँको गङ्गू तेली । तैपनि रातारात हस्याङफस्याङ गर्दै प्रश्न गर्नै भनेर आउनुभएको छ त सोध्नुहोस् ।’

निमवाला - जीवन के हो ?

मुकुल सेठ - मानौं तपाईं बिहान सबेरै प्रभातफेरीमा निस्कनुभएको छ । जाँदाजाँदै तपाईं एक मनोहर उपवनमा पुग्नुभयो । तपाईंको मन उपवनको सौन्दर्यमा मस्त मगन हुँदै गयो । जति पर पुग्यो त्यति नै रमणीय । तपाईं यसरी मुग्ध हुनुभयो कि घर, परिवार र सन्तानको पनि हेक्का रहेन । सुन्दरतामा आकण्ठ डुब्ने अभिलाषामा तपाईंका पाइलाहरू अविरल अघि बढिरहे । फेरि उपवन सकिएर वन सुरु भयो । वनमा शीतल हावा चलिरहेको थियो । चराहरूको सुरम्य कलरब र जलप्रवाहको कलकल आवाजले तपाईंको चित्त  प्रसन्न हुँदै गयो । तपाईं अरु शीतलता र रमणीयताको खोजीमा अघि बढिरहनुभयो । तपाईं मन्त्रमुग्ध भएर एकोहोरो हिँड्दा भावातिरेकमा मदोन्मत्त झैँ शीतल लताहरूमा पिङ खेल्न थाल्नुभयो ।

निमवाला - ‘ए काका पर्खनुस् ।’  उसले झोलाबाट आधा सकिएको पौवा निकालेर एक सासमा पियो । ‘कस्तो सुखद वर्णन यार ! अनि काका ! के मेरो जीवन त्यो सुन्दर उपवन हुँदै शीतल वनमा प्रवेश गर्न सक्दैन ? मैले जीवनमा कहिल्यै पनि शीतलताको अनुभव गर्न पाइन् काका I मलाई बाटो देखाउनुहोस्।’

तीन दिनपछि पत्रकार निमवालाको फोन आयो । फेरि उही राति दस बजे । ‘म गेट बाहिर उभिएको छु । म भयङ्कर द्विविधामा छु काका । कृपया मेरो उद्धार गर्नुहोस् । म आज फेरि तपाईंको सान्निध्य चाहन्छु ।’ मुकुल सेठले ढोका खोले । आज पत्रकार सहीसलामत थियो । ऊ बडो भलाद्मी तरिकाले सोफामा बस्यो । ‘आज म नशामा छैन काका ।’ उसले आत्मसमर्पणको लवजमा भनेको थियो ।

मुकुल सेठ - जसरी एउटा बालक आफ्नो अभीष्ट प्राप्त गर्न हृदय फुटालेर रुन्छ, त्यसै गरी पूरा ध्यान दिएर आफ्नो कर्मको सम्पादन गर्नुहोस् । आफ्नो तर्फबाट कुनै कसर नराखेर प्रयत्न गर्नुहोस् । तपाईं जस्ता अरु हजारौं पत्रकार छन् यहाँ । कसैले ती हजारौंलाई छाडेर तपाईंलाई नै किन खोज्ने ? जसरी बालकले रोएर आफ्नी आमालाई आफ्नो समीपमा ल्याइछाड्छ, त्यसै गरी तपाईं पनि सारा प्रयास लगाएर काम गर्नुहोस् । निर्दोष बालक झैँ बनेर यत्न गर्दै जानुहोस् । आफ्नो तुलना कसैसँग नगर्नुहोस् । मन नपरिकनै यो पेशामा लाग्नुभएको हो भने छाड्नुहोस् । कसैलाई कसैले बाटो देखाउन सक्दैन नीमवालाजी । महात्मा बुद्धले भने जस्तै आफ्नो ज्योति आफै बन्नुहोस् । आफ्नो उपनाम ‘नीमवाला’ लाई जीवनमा चरितार्थ पार्नुहोस् । अप्प दीपो भव !

नीमवाला - त्यसपछि के भयो ?

मुकुल सेठ - त्यसै बखतमा कतैबाट एउटा बाघ आइपुग्यो । तपाईं पत्तातोड  भाग्न थाल्नुभयो । तपाईंका सारा खुसीहरू एक निमेषमा खत्तम भए । तपाईं हस्याङफस्याङ गर्दै एउटा रुखमा चढेर ठूलो हाँगाको टुप्पातिर जान थाल्नुभयो । यता तल जमिनमा बाघ जिब्रो लपलपाउँदै गर्जिरहेको थियो, उता दैव संयोगले तपाईं चढेको हाँगो तलतल नुघ्दै जान थाल्यो । तपाईं थरथर काँप्दै च्याप्प हाँगो समातेर मुस्किलले थामिदै हुनुहुन्थ्यो । यता हाँगो कोर्‍याक कोर्‍याक गर्दै भाँचिन ठिक्क छ , उता भोको बाघ गर्जिरहेको छ । न कुदेर भाग्ने कुनै उपाय छ, न त बाघससँग सामना गर्ने तागत नै । तपाईंको मनमा अनेक कुरा खेल्न थाले । ‘अहो ! यस जगतमा म जस्तो भाग्यहीन अर्को को होला ? हे ईश्वर ! हे विधाता !’  बलिन्द्रधारा आँसुले तपाईंको छाती भिज्यो । फेरि अनायास तपाईंको टाउकाको वरिपरि अरिङ्गालहरू घुम्न थाले ।

तपाईं विवश भएर हनुमान चालिसा पढ्दै तल भूमितिर हेर्न थाल्नुभयो । हे राम ! तलको दृश्य त झनै हृदय विदारक थियो । त्यहाँ एउटा अत्यन्तै गहिरो इनारको बिचमा एक जना मानिस झुन्डिएको थियो । इनारको पिंधमा सर्प , बिच्छी र  किराहरू आँ गरेर बसिरहेका थिए । इनारमाथि स्याल र हुँडारहरू चिच्याइरहेका । झुन्डिएको मानिसले एउटा रुखको जरो समातिरहेको थियो । त्यही जरो पनि कुत्रुकुत्रु गर्दै मुसाले काटिरहेको । झुन्डिएको मानिस माथितिर अनुहार फर्काएर आँ गरिरहेको देखेर तपाईं आश्चर्यचकित हुनुभयो । टाउकाको ठीक माथि माहुरीले चाका बनाएको रहेछ । चाकाबाट बिचबिचमा महका थोपाहरू झर्दथे । झुन्डिएको मानिस बडो प्रीतिका साथ महका थोपाहरू ल्याप्प ल्याप्प चाटिरहेको थियो ।

त्यहाँ अर्को झनै आश्चर्यजनक कुरा देख्नुभयो तपाईंले । बेलाबेलामा तप्प तप्प झरिरहने महका थोपाहरूको असीम मिठासका कारण झुन्डिएको मानिसले इनारको पिंधमा आँ गरिरहेका कीरा, बिच्छी र सर्पहरू बिर्स्यो । इनारमाथि बसेर हल्ला गरिरहेका हुँडार र स्यालहरूको आवाज सुन्न छाड्यो । उसका कानहरूले अलि पर गर्जंदै हुङ्कार गर्ने बाघको स्वरलहरीलाई सुन्न इन्कार गरे । मुसो जरो काट्न तल्लीन थियो, तर उसका आँखाले त्यो दृश्य हेर्न छाडिदिए । त्यो मानिसको ध्यान दुई कुरामा मात्र थियो । एउटा थियो, मजबुतीसँग जरो समाउने र अर्को थियो, महका थोपाहरू खेर जान नदिइकन चाट्ने । बस निमवालाजी !  यही हो जीवन । यही हो अस्तित्व र यही हो हाम्रो नियति ।

निमवालाको मुख आधा खुलिरहेको थियो । दुबै आँखा अर्धमुदित थिए । उसले लामोलामो सास फेरिरहेको थियो । मुकुल सेठ चुप लागेपछि निमवाला सम्हालिएर बस्यो । ‘अहो काका ! यो त मर्ममै वज्र भयो । होइट ! विसङ्गत  जीवनको भयानक यथार्थ ! यस्तै यस्तै कुरा कथावाचकले पनि भनेको  थियो । तर मेरो घैंटोमा घाम लाग्न सकेको थिएन । दु:खी जीवनले परित्राण पाउने उपाय के छ त काका ?’

मुकुल सेठ - थोरै गम खानुहोस् निमवाला बाबु ! चाहे सुखको संसार मान्नुस् या दु:खको महासागर, जीवनको यथार्थ त यही हो । यसमा तीनवटा उपाय छन् । एउटा हो, सुख दु:ख जे जस्तो अवस्थामा पनि जरोलाई मजबुतीसँग समाउने । दोस्रो  हो माहुरीको चाकाबाट चुहेको महलाई खेर जान नदिइकन मजाले चाट्ने । र तेस्रो हो, मुसो, सर्प , कीरा, बिच्छी, स्याल, हुँडार र बाघलाई बिर्सिदिने ।

मेरो यो विसङ्गत र तुफानी जीवन भगवानले नै दिएको हो भने  कुरै सकियो । भगवानको चाहना नै त्यही हो भने म किन जाऊँ पुकारा गर्न र दयाको भिक्षा माग्न ? म लौकिकपूजा होइन , मानसपूजा गर्छु । म स्वयं एक पवित्र शिवालय हुँ । म आफ्नै चेतनाबाट जीवनको मूल्य निर्धारण गर्न चाहन्छु । मेरो जीवनको निरर्थकता र सार्थकता मलाई जति कसैलाई थाहा छैन । याद राख्नुहोस्, जीवनको उद्देश्य  रुनु, पछुताउनु र पाखण्ड देखाउनु होइन ।

निमवाला - अहो !

मुकुल सेठ - जुन कुरा तपाईंको काबुभित्र छ, जुन कुरालाई तपाईंले सम्हाल्न र व्यवस्थित गर्न सक्नुहुन्छ त्यसमा चिन्ता लिनुहोस् । तपाईंको काबुमा भएको कुरा त्यही जरो हो । तपाईंले जरोलाई मजबुतीसाथ समाउन सक्नुहुन्छ, तर मुसो तपाईंको नियन्त्रणभन्दा बाहिर छ । तपाईंले जरो समात्ने कि मुसो लघार्न जाने ? कोहीकोही जरो समात्न छाडी मुसाको पछि लाग्न खोजेर पछारिन्छन् । मानव सभ्यताको इतिहास नै नियन्त्रणबाहिरका कुराको चिन्ताले भरिएको छ । जरो समाउनु नै कर्म हो । जरो समाउनु नै धर्म हो । जरो समाउनु नै हाम्रो जीवनपथ हो । जो हलचल नगरिकन जरो समातेर अडिन्छ, उसको मुखमा नै धेरै मह चुहिन्छ । हलचल गरिरहने चञ्चल चित्तवालाको मुखमा महको  सग्लो थोपा नै पर्दैन । मुसाले जरो काटेर नसक्दासम्म अरिङ्गालले चिल्नु, बाघले चिथोर्नु, कीराले टोक्नु र अनेक दु:ख, शोक एवं पीडा आइलाग्नु स्वाभाविक हो । एउटा कुरा याद राख्नुहोस् ! सबैको जरो काट्ने जिम्मेवारी मुसाको काँधमा छ । हामी त्यो झन्झटबाट सधै टाढा बस्नुमै श्रेयस्कर  छ । मुसाको काम मुसैले गरोस्, हामी किन छुच्चो हुने ?

मुकुल सेठले घडी हेरे । बाह्र बजिसकेछ । पत्रकार निमवालाले भन्यो, ‘काका ! आज रातभरि यहीँ तपाईंको बैठकमा सुतेर सुरम्य जीवनको सपना देख्न मन लाग्यो । काकाले एउटा तकिया, तन्ना र सिरक ल्याएर दिए । उनले भनेका थिए, ‘सपना देख्ने ख्वाहिस राख्नेले निदाउन पनि जान्नुपर्छ ।’ 

तीन दिनपछि पत्रकार निमवालाको फोन आयो । फेरि उही राति दस बजे । ‘म गेट बाहिर उभिएको छु । म भयङ्कर द्विविधामा छु काका । कृपया मेरो उद्धार गर्नुहोस् । म आज फेरि तपाईंको सान्निध्य चाहन्छु ।’ मुकुल सेठले ढोका खोले । आज पत्रकार सहीसलामत थियो । ऊ बडो भलाद्मी तरिकाले सोफामा बस्यो । ‘आज म नशामा छैन काका ।’ उसले आत्मसमर्पणको लवजमा भनेको थियो ।

मुकुल सेठ - नशा छाडिदिने विचार गर्नुभएको ?

निमवाला - ‘होइन काका । यो एक साँझ तपाईंको नाममा समर्पण गर्न चाहन्छु । म तपाईंसँग बसेर मद्यपान गर्न चाहन्छु ।’  उसले एक बोतल ओल्ड दरबार जतनले टेबलमा राख्यो । ‘काका मलाई निराश नपार्नुहोला ।’  निमवालाको आवाजमा मुकुल सेठप्रति इमान्दार श्रद्धा प्रकट भइरहेको प्रतीत हुन्थ्यो ।

मुकुल सेठ - म सतहत्तर वर्षको मान्छे । मेरो बिरादरीमा मद्यपानलाई इज्जतको नजरले हेर्ने चलन छैन । त्यसो त सुरुमा बम्बैया हावा लाग्दा र त्यसपछि काठमाडौंमा कारोबार गर्दा खाइएकै हो । मेरो सीमाभित्र पिएर ‘इन्जोय’  गर्ने बानी थियो । मलाई रक्सी खाएर मानिस बिग्रन्छ भन्ने कुरामा विश्वास छैन । हो , रक्सीले मानिस  खान थाल्यो भने बरबाद हुन्छ । आज म तपाईंको आग्रहलाई सम्मान गर्दै पिउनेछु ।

 मुकुल सेठले दराज खोले । त्यहाँ ब्ल्याक लेबल , चिबास रिगल र ब्यालेन्टाइनका बोतलहरू थिए । ‘चालीस वर्षअघिको कुरा हो । म मेरो धर्मपत्नीको स्वास्थ्यपरीक्षण  गराउनका लागि दिल्ली गएको थिएँ । शरीरमा कुनै रोग नभएको थाहा पाएर उनले भनिन् , ‘माता जानकीलाई बहुत धन्यवाद छ कि म अझै पनि मेरो पतिको सेवा गर्न सक्षम हुनेछु ।’ ‘बच्चाहरू हुर्किसकेको थियो । मेरो पत्नीको एक मात्र उद्देश्य मलाई खुस राख्ने थियो । मेरो अपहेलित र पीडित बचपनबारे जानकारी पाएपछि उनको उद्देश्य नै मलाई सुखी र सन्तुष्ट राख्ने थियो ।’  कुरा गर्दागर्दै काकाका आँखा भिजे । ‘बहुतै धन्यवाद छ निमवाला भतिज !  जो आज दिवङ्गत धर्मपत्नीको यादमा दुई आँसु बगाउने अवसर दिनुभयो ।’  मुकुल सेठले ब्ल्याक लेबलको बोतल उचालेर हेर्दै भने, ‘मेरो पत्नीको माइतीमा कोही पनि रक्सी र मासु छुंदैनथ्यो । तर उनले मेरो खुसीका लागि आफै किनेर यी बोतलहरू प्याक गरेकी थिइन् दिल्लीमा । नियतिको खेल कसलाई मालुम छ यो जगतमा ? फर्कने क्रममा पालम विमानस्थलमा ट्याक्सीबाट ओर्लंदा तेज रफ्तारको अर्को ट्याक्सीले किचेर उनको देहान्त भयो । त्यो दिनदेखि मेरो मुखमा मदिरा परेको छैन ।’

पहिचान गर्न नसकेर होइन, पहिचान गर्न नचाहेर नचिनेको बहाना गरेका हुन् । उनीहरूले पारिवारिक रिकार्डमा मेरो नाम नै गुम पारिसकेका थिए । अचानक मेरो हृदयमा के आयो भने जब मातापिताको अभावमा बाल्यकाल बिताउन सक्छु भने पैत्रिक  सम्पत्तिको अभावमा पनि बाँकी जीवन गुजारा गर्न सक्छु ।  म ‘अब तिमीहरूको मुख हेर्न यस माटोमा कहिल्यै आउने छैन’  भनेर त्यहाँबाट बाटो लागें । काकाहरू मेरो कुरा सुनेर प्रसन्न भए ।

निमवाला - छोराछोरी नातिनातिना कहाँ छन् ?

मुकुल सेठ - छोरी इन्डियामा छ । अब यतै आएर बस्नुहोस् बा भनेर कर गरिरहेको छ । छोरो त विदेशतिर छु भन्छ । दुई तीन महिनामा फोन गर्छ । ‘म छिट्टै तपाईंलाई लिन आउने विचारमा छु I यताको जीवन ठीक छैन । बरु नेपालै ठीक थियो पापा’ भन्छ । श्रीमती बितेपछि मैले कारोबारबाट बिदा लिएँ । दु:ख के हो पत्तै नपाएर टुप्पोमा पलाएको छोरो बडो रइसजादा बनेर क्यासिनोमा जुवा खेल्न जान थालेछ । उचाल्नेहरूले ‘क्याबात आनन्द सेठ’  भन्दै मच्चाइरहे । ऊ मदहोस झैँ जुवा र युवतीको चक्करमा एक वर्षभित्रै टाट पल्ट्यो । इन्द्रचोकको घर गयो, जम्मा गरेर राखेको रकम गयो र कारोबार पनि गयो ।

निमवाला - अहो ! सरी है काका । मेरो कारणले माम्री परेको घाउ कोट्याए जस्तो भयो ।

मुकुल सेठ - केही छैन । तपाईंले कोट्याए पनि नकोट्याए पनि मेरो जीवनको यथार्थ यही हो । आफ्नो अतीतबाट को भाग्न सक्छ ? म त यी सबै घटनालाई जीवनका स्वाभाविक प्रक्रियाको रूपमा लिन्छु । गीताको वचन छ नि, ‘सुख दु:ख समेकृत्वा लाभालाभौ जयाजयौ ।’

निमवाला - सुख र दु:खमा समान रहनु सम्भव छ र काका ?

मुकुल सेठ - समान रहनु सम्भव छैन । कोही पनि सुखको समयमा शोक गर्दैन र दु:खको समयमा नाचगान  गर्दैन । परन्तु संयत र सावधान रहनु सम्भव छ । सबै खुसीहरू क्षणिक हुन्छन् । दु:खले  तुलनात्मकरूपमा लामो समयसम्म पीडा दिन्छ । किन्तु दु:ख पनि सधै टिकिरहन सक्तैन । यो संसारमा सबै कुरा नश्वर र अस्थायी छ । सुख पनि दु:ख पनि ।

निमवाला - अब तपाईंको चाहना के छ ?

मुकुल सेठ - म जन्मनासाथ रोएको थिएँ । तपाईं पनि रुनुभयो । किन ? किनकि हामी आनन्द चाहन्थ्यौँ ।  यो संसारमा सबै आनन्द चाहन्छन् । तर प्राप्त भयो ? भएन । केवल आंशिक र क्षणिक सुख मात्र प्राप्त भयो । प्रत्येक जीव अनन्त र अविनाशी आनन्द चाहन्छ, तर त्यो असम्भव छ । त्यसैले मेरो एउटा सिद्धान्त छ निमवाला बाबु । मेरो लक्ष आनन्द होइन । मेरो लक्ष जीवनमा प्राप्त उपलब्धिबाट सन्तुष्टि र आइलाग्ने घटनाप्रति सहनशीलता हो । हाम्रो कर्तव्य सदैव सत्कर्म र सद्धर्म  हो ।

निमवाला - छोराप्रति कुनै गुनासो छैन ?

मुकुल सेठ - छैन । रत्तिभर छैन । ऊ आफै वृद्धावस्थामा प्रवेश गर्दैछ । छोरो स्वयं अज्ञानको सागरमा पौडी खेल्दै छ । ऊ आनन्दको अनन्त स्रोतसम्म पुग्न प्रयत्नशील छ । तर मार्ग नै फेला पर्दैन । क्षणिक सुख त उसले जुवामा पनि लियो होला । क्षणिक मजाको अतिरेक युवतीहरूसँगको गतिविधिमा समेत पायो होला । आनन्द त केवल अभीष्ट मात्र हो, प्राप्ति होइन । मनुष्य आफ्नो जीवनको सदरमुकामको खोजीमा भौंतारिएरै समाप्त हुन्छ । आफै दु:खको सागरमा हराइरहेको छोराले मेरो दु:खको निवारण कसरी गर्ला ?

 यी वृद्धको पूरा नाम मुकुल नारायण साह हो । उनी शुद्ध मैथिली हुन् । उनी दुई वर्षको हुँदा  मातापिता दुबै हैजा लागेर मरे । मुकुल मामाघरमा हुर्के । मामा माइजुहरूले उनलाई कज्याउन सम्म कज्याए । समस्त बाल्यकाल भोक, पीडा, अपहेलना र रोदनमा बित्यो । सोह्र वर्षको उमेरमा उनी मामालाई साथमा लिएर पिताको घरमा  पुगेका थिए, तर काकाहरूले चिन्न इन्कार गरिदिए । उनी भन्छन्, ‘पहिचान गर्न नसकेर होइन, पहिचान गर्न नचाहेर नचिनेको बहाना गरेका हुन् । उनीहरूले पारिवारिक रिकार्डमा मेरो नाम नै गुम पारिसकेका थिए । अचानक मेरो हृदयमा के आयो भने जब मातापिताको अभावमा बाल्यकाल बिताउन सक्छु भने पैत्रिक  सम्पत्तिको अभावमा पनि बाँकी जीवन गुजारा गर्न सक्छु ।  म ‘अब तिमीहरूको मुख हेर्न यस माटोमा कहिल्यै आउने छैन’  भनेर त्यहाँबाट बाटो लागें । काकाहरू मेरो कुरा सुनेर प्रसन्न भए ।

उनको बैठकको भित्तामा उनी शिशु हुँदा माताको काखमा रहेको देखि इन्द्रचोकमा कारोबार गर्दासम्मका तस्बिरहरू क्रमैले सजाएर राखिएका छन् । बिचमा उनले मुम्बईमा भाँडा माझिरहेको फोटो अरुभन्दा ठूलो छ । उनी त्यही फोटोतिर देखाउँदै भन्दथे, ‘मेरो जीवनको यथार्थ यही हो । यही कर्मले मलाई कालान्तरमा मुकुल सेठ बनाएको थियो । मेरो धरातल, मेरो प्रेरणा र मेरो जीवनको मर्मस्थान यही हो । पूर्ण इमान्दारीका साथ भाँडा माझेको देखेर मेरो मालिक खुस भयो । मेरो तरक्की भयो । म मालिकको किचेनको बाबर्ची भएँ । दयालु मालिकले मलाई कालेजमा भर्ना गरिदियो । म तरक्की गर्दै मालिकको  कारोबारको मुनिम बन्न पुगें I  मेरो तरक्कीसँगै सेठको सम्पत्ति पनि बढ्दै गयो । पन्ध्र वर्ष सेवा गरेपछि मलाई साहुले पन्ध्रलाख रुपैयाँ दिंदै भन्यो, ‘तिमी अब कसैको नौकर भएर बस्ने होइन I समयले तिमीलाई तिम्रै धर्तीमा कुरेर बसेको छ । जाऊ कारोबार गरेर आफ्नो भाग्य आजमाऊ ।’

हेर्नुहोस् निमवाला बाबु ! बलियोसँग जरो समात्दा पनि यदाकदा नियतिले पछारिदिन्छ । हाम्रो कर्तव्य पलायन  होइन , धूलो झारेर फेरि उठ्नु र प्रयत्न गर्नु नै हाम्रो परम दायित्व हो । परिश्रम हाम्रो हातमा छ I हार नखानु र निरन्तर पाइला चालिरहनु हाम्रो हातमा छ । जीवनमा युद्ध गर्नु परे त्यो पनि गर्नुहोस् । तर सबैभन्दा पहिले  आफैलाई जित्नुहोस् । तपाईं आफूलाई जित्नेतर्फ नलाग्दै पत्रकारिता पेशालाई जित्न खोजेर दु:खी हुनुभयो । जबसम्म तपाईं आफूलाई अर्कोसँग तुलना गर्नुहुनेछ, तबसम्म सन्तोष र शान्ति मिल्ने  छैन । इमान्दार प्रयास, परिश्रम र सत्कर्म कहिल्यै खेर जाँदैन । असफलता तपाईंको भ्रम हो । लक्ष ठूलो लिनुहोस्, परन्तु कसैसँग तुलना नगर्नुहोस् ।’  सूत्रधार आज मुकुल सेठका कुरा सुनेर सुखद विस्मयमा छ । आज उसको पत्रकारिता विषयको स्नातकोत्तर उपाधि मुकुल सेठप्रति नतमस्तक भयो । नामको पछाडि  ‘निमवाला’  पुच्छर झुण्ड्याएको ऊ बेलाबेलामा भन्ने गर्दथ्यो, ‘म निम जस्तै तितो छु । म औषधि हुँ ।’  आज अनायास उसको अभिमान शान्त भएको छ । जीवनयात्राको गर्मी थोरै ठण्डा भयो । अन्त:करण किन्चित  शीतल भयो ।

निमवाला - ‘तपाईंको अतीत थाहा पाउँदा साह्रै पीडा भयो काका ।’  बोल्दाबोल्दै उसका आँखा भिजे ।

मुकुल सेठ - यसरी कसैको अतीत थाहा पाएर दुःखित हुन थाल्नुभयो भने तपाईं आफै डुब्नुहुन्छ । दु:ख मलाई मात्र कहाँ छ ? यो भवसागरमा राजालाई पनि दु:ख छ । नत्र सिद्धार्थ किन बुद्ध बन्थे ।  कृष्ण झेलखानमा जन्मेका थिए । उनी आजीवन शत्रुहरूको घेराबन्दीमा परे. तर कहिल्यै हतास भएनन् । रामलाई गद्दी आरोहणको मुहूर्त आउनै लाग्दा नियतिले वनतिर लखेट्यो । प्राप्तिमा सन्तोष मान्न सकेको भए सांसारिक वैभव, परम सुन्दरी जीवन सँगिनीहरू,  असंख्य अनुयायी एवं  सहयोगीबाट सेवित याज्ञवल्क्य ऋषि तत्त्वज्ञानको खोजीमा एक्लै घनघोर वनतिर जाने थिएनन् ।

निमवाला - ईश्वर मान्नुहुन्छ  ?

मुकुल सेठ - मान्छु नि । परन्तु मैले मानेर के हुन्छ र मैले नमानेर के हुन्छ ? असंख्य मानिस रोएका छन मन्दिरमा, मस्जिदमा र चर्चमा । अनेकौं दु:खी र अभिशप्त जीवनहरू पिपलको फेदमा,  बगरमा,  घाटमा,  वनमा र आफ्नै घरको पुजाकोठीमा नतमस्तक हुँदै आँसु झारिरहेछन् ।  मेरो यो विसङ्गत र तुफानी जीवन भगवानले नै दिएको हो भने  कुरै सकियो । भगवानको चाहना नै त्यही हो भने म किन जाऊँ पुकारा गर्न र दयाको भिक्षा माग्न ? म लौकिकपूजा होइन , मानसपूजा गर्छु । म स्वयं एक पवित्र शिवालय हुँ । म आफ्नै चेतनाबाट जीवनको मूल्य निर्धारण गर्न चाहन्छु । मेरो जीवनको निरर्थकता र सार्थकता मलाई जति कसैलाई थाहा छैन । याद राख्नुहोस्, जीवनको उद्देश्य  रुनु, पछुताउनु र पाखण्ड देखाउनु होइन ।

निमवाला - तपाईंले आधा सम्पत्ति गुप्तदान गर्नुभयो रे । तपाईंको छोरा न धन भयो न त नाम भयो भनेर दुखान्वित छन् रे ।

मुकुल सेठ - कसले भन्यो तपाईंलाई ?

निमवाला - म एक खोजी पत्रकार हुँ काका ।

मुकुल सेठ ( हाँस्दै ) - पत्रकारहरू अरुलाई खोज्न बडा माहिर हुन्छन्, तर आफूलाई खोज्न डराउँछन् । हो मैले दान गरेको हुँ । दान नगरेको भए त्यो पनि छोराले जुवा, मदिरा र मैथुनमा स्वाहा पार्ने रहेछ ।  निठल्ला सन्तान जति नै कमाइ गरेर दिए तापनि कृतघ्न नै हुन्छ । हाम्रो मिथिलामा एउटा लोकोक्ति छ, ‘पूत कपूत का धन सञ्चय, पूत सपूत का धन सञ्चय ।’  मलाई नाम कमाउने इच्छा नै लागेन । मैले कमाएको सम्पत्ति यही समाजको देन हो । समाजको सम्पत्ति समाजलाई नै फिर्ता गरेको हुँ मैले । भनिन्छ नि ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये।’ 

गीताका दुई  श्लोक मेरो जीवनका मार्गदर्शक हुन् निमवालाजी ।

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।

यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः।’

हो, हामी मुनि बन्नुपर्छ । कर्मशील मुनि ।

पत्रकार निमवाला केही दिनका लागि कर्णालीतिर गयो । करिब एक महिनापछि फर्केर आउँदा मुकुल सेठ घरमा थिएनन् । घरमा अर्कै परिवार आएर बसेको । पत्रकारले उभिएरै बैठक कोठाको अवलोकन गर्‍यो । मानिसहरू मुकुल सेठका सबै फोटाहरू झिकेर बडो लापरवाहीसाथ थोत्रो बोरामा भर्दै थिए । उसले दराजको पल्ला तानेर हेर्‍यो । सेठ र उसले खाएर बाँकी रहेको रक्सी बोतलमै थियो । अरु भरिला बोतलहरू पनि जस्ताको त्यस्तै थिए । उसले त्यहाँ सामान मिलाइरहेकी महिलालाई सोध्यो , ‘यहाँ बस्ने बा कहाँ जानुभयो ? तपाईंहरू को हो ?’

महिलाले भनिन्, ‘यो घर हामीले लिलाम सकारेर लिएका हौँ । यो घर मुकुल सेठको छोराको नाममा थियो । उनले पन्ध्र वर्षअघि घर धितो राखेर ऋण लिएका रहेछन् । समयमा सावाँ ब्याज फिर्ता गर्न नसकेको हुँदा घर लिलाम भयो । हामी आउनासाथ बुढा बा ‘लौ राम्रोसँग बस्नुहोस् है !’  भन्दै एउटा झोला बोकेर निस्कनुभयो । हामीले केही भन्ने मौका पनि पाएनौं ।’ 

प्रतिक्रिया