कति सम्भव छ, चीनमा सीकाे कार्यकाल?

काठमाडौं। संघाई काेअपरेशन समिट अर्थात समरकन्द समिटबाट फर्किएकाे १० दिनपछि चिनियाँ राष्ट्रपति सी चिङफिङ साेमबार दिउँसाे पहिलाे पल्ट सार्वजनिक कार्यक्रममा देखा परे। केहि दिनदेखि उनी चिनियाँ सेनाकाे नजरबन्दमा रहेकाे हल्ला साेसल मिडियामार्फत फैलिरहेकाे अवस्थामा १० दिनपछि चीनकाे सरकारी टेलिभिजनमा देखा पर्नुले धेरै कुराकाे बयान गरिरहेकाे छ। 

पश्चिमा मिडियाहरु पहिलेदेखि नै चीन विराेधी देखिएका छन्। उनीहरु छिसिक्क केहि भयाे कि, चीन विराेधी एजेन्डा चलाउन पछि पर्दैनन्। यस्तो अवस्थामा सी पून: सार्वजनिक कार्यक्रममा देखिनुले पश्चिमा राष्टलाई पनि चकित तुल्याएकाे छ। 

किनभने चिनियाँ कम्युनिष्ट पार्टीकाे नयाँ नेतृत्व चयनका लागि १६ अक्टुबरमा बैठक बस्दै छ। यसले सीलाई तेस्रो कार्यकालका लागि पून: नेतृत्व सुम्पिने हाे कि, नयाँ नेतृत्वका लागि अन्य पदाधिकारीकाे चयन हुने हो, यसकाे टुँगाे लगाउने छ। सी पश्चिमा देशहरुका लागि ‘हार्डलाइनर’ मानिन्छन्। 

उनकाे नेतृत्वमा चीनले ठूलाे उपलब्धी चुमेकाे छ। काेरानाकालमा पनि चीनकाे अर्थव्यवस्थालाई डगमग हुन नदिन उनले गरेकाे प्रयासकाे चाैतर्फि प्रसंसा भइरहेकाे छ। उनकाे नेतृत्वमा अहिले चीन अमेरिकाकाे हाराहारीमा देखिएकाे छ। चिनियाँ जनताहरु उनकाे पक्षमा देखिएका छन्। 

अन्तर्राष्ट्रियस्तरमा चीनकाे बढ्दाे प्रभावबाट अमेरिका पनि अतालिएकाे अवस्था छ। युक्रेनमाथि रुसकाे हमलामा अमेरिकी दबाबका बाबजुद चीन तटस्ठ देखिन्छ भने ताइवान कब्जाका लागि अमेरिकासँग परिरहेकाे जुहारीले चीनलाई बलियो राष्ट्रकाे रुपमा स्थापित गरेकाे छ। 

चीनमा कुनै पनि नेताले २ कार्यकालभन्दा बढि सत्ताकाे साँचाे पाउँदैनन्। फेरि त्यहाँ ६८ वर्षकाे हकबन्दी पनि छ। सीले शीर्षस्थानमा बस्ने उमेर गुमाइसकेका छन्। उनकाे उमेर ६९ वर्ष पुगिसकेकाे छ। फेरि उनी दुई कार्यकाल राष्ट्रपति बनिसकेका छन्। यस्तो अवस्थामा तेस्रो कार्यकालका लागि उनकाे पुनरागमन असम्भव देखिन्छ। तर, उनले असम्भवलाई सम्भव बनाउन यसअघि नै विधान संसाेधन गरेर तेस्रो कार्यकालमा पनि उठ्न पाउने बनाइसकेका छन्। 

चीनका शीर्ष नेता माओत्से तङकाे समकक्षमा पुग्न उनले ‘माओवाद’ जस्तै ‘सी वाद’ लागु गराएका थिए। तर, उनकाे ‘सी वाद’ कति हदसम्म लम्बिने हो, त्यो पाेलिटब्युराेकाे बैठकले टुङ्गउने छ। 

न्युज एजेन्सी एपीका अनुसार सी धेरै दिनपछि बेइजिङमा देखिएका थिए। उनी सरकारी कार्यक्रममा भाग लिन पुगेकाे फुटेज सरकारी टेलिभिजनले प्रसारण गरेका थिए। उनीसँगै कार्यक्रममा प्रधानमन्त्री ली किकियाङ र पार्टीका अन्य नेता पनि उपस्थित थिए। चिनियाँ सेनाका शीर्ष अधिकारी पनि कार्यक्रममा उपस्थित थिए। उनी सहभागी कार्यक्रममा चीनकाे आर्थिक विकासमा विचार विमर्श भएकाे थियो। 

उज्वेकिस्तानकाे समरकन्दबाट फर्किएका सी १६ सेप्टेम्बरदेखि सार्वजनिक समाराेहमा देखा परेका थिएनन्। यही कारण विदेशी मिडियामा हल्ला चलेकाे थियो– सी आफ्नै सेनाकाे नजरबन्दमा छन्। 

तर, उनी समरकन्दमा कार्यक्रम सम्पन्न भएपछि थप २ दिन बसेर बेइजिङ फर्किएकाे बताइएकाे छ। चीनमा विदेश भ्रमणबाट फर्किएपछि ७ दिन क्वारेन्टीनमा बस्नुपर्ने नियमअन्तर्गत उनी आइसाेलेसनमा भएकाे बताइएकाे छ। तर, विदेशी मिडियामा उनीसँग चिनियाँ सेना खुसी नभएकाे, त्यसै कारण घरमा नजरबन्दमा राखेकाे अफवाह फैलिएकाे थियो। 

अहिले चीनमा सीलाई चुनाैति दिने कुनै नेता देखिदैनन्। त्यसैले ५ वर्ष उनकाे सत्ता लम्बिने आशंकालाई बल मिलेकाे छ।  

 

प्रतिक्रिया