बहुगुणी अमला कसले खाने कसले नखाने ?

१.अमला सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ। 

२.भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि छुट्कारा दिलाउँछ। 

३.नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफागर्ने काम गर्छ ।

४.अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ।

५.अमलाले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।

६.नियमित अमला खानाले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुट्करा पाउन सकिन्छ।

७.नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।

८.रुघा खोकी समेत निको हुन्छ।

९.रगतलाई साफ गर्छ, मधुमेहमा पनि काम गर्छ।

१०.अमला सेवनले जन्डिस,  एनीमिया, रक्तपित्त (नाक–कानबाट रगत जाने समस्या), वात–पित्तको साथै बवासीर वा हेमोराइडमा पनि फायदा गर्छ। 

११.यसले सजिलै दिशा गर्न प्रक्रियालाई सहज बनाउँछ। 

१२.अमला खानाले आँखाको दृष्टी तेजिलो बनाउँछ।

प्रयोग गर्ने तरिका 

१–२ दाना अमला काँचै चकलेट खाये जस्तै खान सकिन्छ अथवा त्यसको जुस बनायेर १०–२० मिलिलिटरमा नुन, खुर्सानी, अदुवाको रस, महसँग पनि खान सकिन्छ।

कस्ता बिरामीले अमला खानु हुँदैन 

१.धेरै हाइपर एसिडिटी भयेको व्यक्ति,

२.रगत सम्बन्धी रोगहरु भएमा,

३.सल्यक्रिया गरेको व्यक्ति, 

४.रगतमा कम सुगर लेवल भएको व्यक्ति, 

५.गर्भवति महिला वा वच्चालाई दुध खुवाईरहेकी आमा,

६.सुख्खा छाला भएका व्यक्ति।

(स्रोत: एजेन्सीहरु)
 

प्रतिक्रिया