चिया पिउने व्यक्ति बढी बाच्छनः अध्ययन

चियाको विषयमा १४ वर्षसम्म ५ लाख व्यक्तिमा गरिएको अध्ययनले एउटा रोचक निश्कर्ष निकालेको छ। चियाको स्वास्थ्यवद्र्धक गुणको विषयमा यो सोधले धेरै कुरा बताएको छ। 

पाकिस्तानी नेताहरूले हालै एउटा बयान दिएका थिए– चिया कम पिउनुहोस्। तर, के तपाईहरूलाई थाहा छ, चियाको एउटै पातले कसैले गर्न नसक्ने काम गर्छ? 

चिया सबैको मनपर्ने पदार्थ हो। एउटा अनुसन्धानमा हालै यो पत्ता लागेको छ कि, चिया पिउनु भनेको आयु लम्ब्याउनु हो। तर, यो दुधमा बन्ने चिया नभएर कालो चियाको विषयमा भनिएको कुरा हो। 

हालै वैज्ञानिकहरूले चियालाई लिएर अनुसन्धान गरेका थिए। जसमा चिया नपिउनेभन्दा चिया पिउने व्यक्ति बढी बाचेको पुष्टी भएको छ। 

चियामा एउटा यस्तो रसायन हुन्छ, जसले उत्तेजना या आवेगलाई कम गर्छ। चीन र जापान, जहाँ ग्रीन टि सबैभन्दा लोकप्रिय छ, त्यहाँ यसअघि पनि अनुसन्धान भइसकेको छ। जसमा चियाको फाइदा प्रमाणित भएको थियो। भर्खरै बेलायतमा पनि सबैभन्दा लोकप्रिय कालो चियाको विषयमा अनुसन्धान भएको थियो। 

अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकले गरेको अध्ययनमा थुप्रै तथ्य बाहिर आएका छन्। वैज्ञानिकहरूले अध्ययनका लागि ठूलो मात्रामा पुरानो तथ्यांकको विश्लेषण गरेका थिए। यसमा चिया पिउने आदत भएका पाँच लाख व्यक्तिको विषयमा अध्ययन गरिएको थियो। यो तथ्यांक १४ वर्ष लगाएर जम्मा गरिएको थियो। 

अध्ययनका क्रममा विशेषज्ञहरूले मानिसको स्वास्थ्य, सामाजिक–आर्थिक स्थिति, धुम्रपान, रक्सी, खानपान, आयु, जाति र लिङलाई आधार मानेका थिए। ठूलो मात्रामा गरिएको अध्ययनमा चिया पिउने व्यक्ति लामो समय बाच्ने गरेको तथ्य फेला पर्यो। 

दैनिक २ पल्ट वा त्यो भन्दा बढी चिया पिउने व्यक्तिको मृत्युको खतरा अन्य व्यक्तिभन्दा ९–१३ प्रतिशतले कमि पाइयो। वैज्ञानिकले चियापत्तिको असर दुध वा चिनी मिसाउँदा पनि खासै फरक नपर्ने पत्ता लगाएका छन्। 

यो अध्ययन अर्नेल्स अफ इन्टरनल मेडिसन नामको पत्रिकामा प्रकासित छ। अनुसन्धानकर्ताले ह्दय रोगमा पनि चियाको सम्बन्धले असर पारेको देखिएको बताएका छन्। उनीहरूले क्यान्सरबाट हुने निधनमा चियाको कुनै सम्बन्ध नभएको बताए। 

पानी पछि विश्वमा सबैभन्दा बढी पिउने द्रब्य नै चिया हो। विश्वमा ३ हजार किसिमको चिया उपलब्ध छ। 

–रोयटर्स
 

प्रतिक्रिया