ओमेगा–३ एसिडको यस्तो छ रहस्य

मानव शरीर स्वस्थ्य बनाइ राख्न विभिन्न भिटामिनहरुको आवश्यकता पर्दछ । मानव अंग जस्तै आँखा, मष्तिस्क र हृदयमा रहने विकारका लागि पनि ओमेगा–३ को प्रयोग लाभदायक रहेको बताईएको छ । यो पोषणको सेवन सरुवा रोगहरु, प्राय विर्सने समस्या वा डिमेन्सियाको लागि पनि हानिकारक नरहेको विज्ञहरुको भनाई छ ।

ओमेगा–३ मा पाइने एसिडका नमूनाहरु विभिन्न प्रकारका हुने गर्छन् ।

यस्ता ओमेगा–३ का डायटहरु पाईने स्रोतहरुमा विभिन्न माछा, सलमोन, ह्वेल माछा तथा तेलहरु हुन् ।

ओमेगा–३ को चिल्लो पदार्थको प्रयोग

फ्याट वा चिल्लो पदार्थ शरीरको लागि आवश्यक तत्व हो । स्वस्थ्य जीवन बनाइराख्न मानिसमा दैनिक १ दशमलव २ ग्राम कोलस्ट्रोलको प्रयोग अनिवार्य रहेको हुने गर्छ ।

शाकाहारी खानेकुरा जस्तै वीउजन्य खानेकुराहरु गेडागुडी, हरियो सागपात, चना, केराउ, भटमास, बदाम, सुपारी, भटमास, ओखर आदि अन्नमा प्रोटीनको कमी नहुने हुँदा यस्ता खानेकुराको सेवन मानव स्वास्थ्यमा लाभदायक हुन आउँछ ।

मधुमेहमा पनि लाभदायक

यस किसिमका खानेकुरा मधुमेह, चिनी रोग, हेमोग्लोविन तथा अर्वद रोग जस्ता रोग लक्षण भएका विरामीको लागि पनि लाभदायक हुने बताइन्छ । मानिसमा हुने अवसाद, उच्च रक्तचाप, वजनको कमी भएका विरामी, मुटु सम्बन्धी रोगका लागि पनि ओमेगा–३ एसिडको प्रयोग लाभदायक हुन आउने वैज्ञानिकहरुको तर्क रहेको पाइन्छ । कार्यालयमा हुने एडीएचडी रोग, मष्तिस्क सम्बन्धी रोग जस्तै अल्जाइमर, हाड तथा जोर्नी कमलो हुने रोगको लागि ओमगा–३ अति आवश्यक रहेको हुन्छ ।

(स्रोतः मेडिकल न्यूज टुडे)

प्रतिक्रिया