भौगोलिक अवस्थिति : उदयपुर जिल्ला, चौदण्डीगढी न.पा. १, मा अवस्थित चौदण्डी गढी जिल्ला सदरमुकाम गाईघाटबाट करिब ३४ कि.मि. उत्तर पूर्वमा रहेको छ ।

सरंचनागत विवरण : चादैण्डी गढी ३१ मिटर व्यासको गोलाकार घरोमा अष्टकोण आकारमा निर्मित छ । प्रत्येक कोणमा वगार्कार घरोहरू पनि बनाइएका छन्। यी कोणहरू १० देखि १५ फिट लम्बाइका छन्  भने चौडाइ ४ फिटसम्म रहेको छ । चादैण्डी गढी दरबार बनाउन प्रयोग गरिएका ढुंगाहरु मेहनत गरी मिलाएर काटिएका छन् ।

१५ फिट मोटाइ, ३ फिट चौडाइ र ५ फुट लम्बाइ रहेका ढुंगााहरू एकपछि अर्को गरी खप्ट्याएर मिलाएर राखिएका छन् । फरक–फरक साइजका ढुंगाहरु  भए तापनि दरबारका हरेक कुना आकर्षक तवरले मिलाइएका छन् । हाल उत्तरतर्फ ८-९ फिट उचाइको पर्खाल छ भने दक्षिणतर्फ ४ फिट मात्र उचाइ रहेको छ । दरबार परिसरको चारैतिर तत्कालीन दरबारको सुरक्षार्थ किल्लाका रूपमा रहेको गहिरो खाल्डो (बंकर) रहेको छ ।

यस ऐतिहासिक गढीका उत्तरी खण्डको भित्री भागमा एउटा १८ इन्च चाडौइ भएको ढुंगाको स्तम्भ छ, जसलाई ढाके देवी भनरे चिनिन्छ । दरबारदेखि पूर्व  तर्फ एउटा मौलो रहेको छ, जहाँ पूजाआजा गरी पश बुली दिने चलन रहेको छ ।

चौदण्डी गढीदेखि पूर्वतर्फको डाँडामाथि एउटा अर्को गढी पनि छ । यस गढीलाई स्थानीय मानिसहरू “काठेगढी भनी” सम्बोधन गर्छन् । हाल गढीको वरिपरि ठूला–ठूला रुखहरू रहेकाले गढीको स्वरूप ठम्याउन गाह्रो हुन्छ । तर गढीको वरिपरि यहाँ पनि खाल्डो खनेको भाग स्पष्ट रहेकाले सम्भवतः मूल गढीको सुरक्षाका लागि यो गढी निर्माण भएको अनुमान हुन्छ ।

पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि : चारैतिर डण्डाले घेरिएको फराकिलो जग्गालाई चौदण्डी भनिन्छ । दण्डी जस्तो गरी लम्बवत् रूपमा रहेका दुई पर्वतको संगम भाग जुन स्थानबाट चारैतर्फ पर्वतीय चोसा निस्केका तथा तिनकै माध्यम हुँदै आएका चार बाटाको समेत सम्म स्थान समेत जनाउने भएकाले यस स्थानलाई चौदण्डी र त्यहाँ अवस्थित गढीलाई चौदण्डी गढी भनिएको अनुमान गर्न सकिन्छ ।

युद्धमा प्रयोगः काठमाडौँ उपत्यकामाथि विजय हासिल गरे पश्चात् गोर्खाली फौजले मकवानपुर, सिन्धुली हुँदै पूर्वका जिल्लाहरू सुनसरी, मोरङ, झापा र सिक्किम, दार्जिलिङ्ग, टिस्टासम्मका भू–भागहरूमा एकीकरण अभियानको दौरान मुख्य पदमार्गमा पर्ने यस गढीको प्रयोग गरेको थियो । पृथ्वीनारायण शाहको फौज पूर्वमा विजयपुरसम्म पुग्न चौदण्डीलाई ध्वस्त बनाउनु पर्थ्यो । चौदण्डी आक्रमण गर्नका लागि पृथ्वीनारायण शाहले अभिमानसिंह बस्न्यात र सरदार पारथ भण्डारीलाई दुई कम्पनी फौज सहित खटाएका थिए । राजा कर्ण सेन पहिले नै भागेर विजयपुर पुगेको हुनाले चौदण्डीको रक्षा गर्ने प्रयास दिवान चौतारा अजीत राईले गरे । तर उनीहरूको समेत केही जोर चलेन र १६ जुलाई १७७३ मा उनीहरूले चौदण्डी गढी खाली गरिदिए ।

समुद्री सतहदेखि करिव १०४० मि. उचाइमा अवस्थित महत्वपूर्ण जमीनका रूपमा रहेको हुँदा पूर्व–पश्चिम र उत्तर–दक्षिणतर्फको शत्रु पक्षका फौजको हर्कत तथा गतिविधिमाथि निगरानी राख्न तथा उनीहरूमाथि सहज रूपमा हावी हुन सकिने र दक्षिणतर्फबाट काठमाडौँ उपत्यका जाने प्रमुख मार्गसमेत देखभाल गर्न सहज रहेको हुँदा यो स्थान महत्वपूर्ण रहेको थियो ।

नेपाल एकीकरणमा महत्व : चौदण्डी गढी अधिनमा नलिई पूर्वतर्फको नेपाल एकीकरण अभियान सम्भव नहुने भएकाले समेत एकीकरणको दौरान यस गढीको विशेष महत्व रहेको थियो । करिब एघार महिनाको कडा परिश्रमपछि चौदण्डी राज्यका पहाड र तराईको भू–भाग नेपाल राज्यमा गाभियो । चौदण्डी गढीलाई एकीकरण गरे पश्चात् नेपाली फौजलाई विजयपुर एकीकरण गर्न सहज भएको थियो ।

गढीसगँ सम्बन्धित युद्ध र योद्धाहरु :  काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा काजी रामकृष्ण कँवुर लगायतले यस राज्यलाई वि.सं. १८३१ श्रावण ४ गते विना कुनै लडाइँ नेपालमा एकीकृत गरेका थिए । नेपाली सेनाले चौदण्डी राज्य जित्नासाथ बडामहाराज पृथ्वीनारायण शाहले कुिहल्या (कुहीले) बाट नेपाली फौज पठाई चौदण्डीमा रहेको सानो गढीलाई मर्मत गरी महागढी बनाउन लगाएका थिए । एकीकरणको सिलसिलामा यस गढीका राजा कर्ण सिंह कोशी नदी तरेर विजयपुरतर्फ भागेको भन्ने भनाइ पनि छ ।


 

प्रतिक्रिया